Rule 16E
बाल सुधार गृहमा रहने अवधि बढाउन सक्ने
प्रचलित कानून बमोजिम बाल सुधार गृहमा पठाइएका बालबालिकाको उमेर १६ वर्ष पुगेको भए तापनि सम्बन्धित बाल सुधार गृहले निजको चालचलनमा सुधार आएको र निजलाई थप अवधिसम्म बाल सुधार गृहमा राख्न उपयुक्त छ भनी सिफारिस गरेमा जेलरले त्यस्ता बालबालिकाको
हकमा बाल सुधार गृहमा बस्ने अवधि बढाउन सक्नेछ ।